काठमाडौं असाज २७, नेपालमा अटिजम बालबालिकाहरुको शिक्षामा अहम भूमिका निर्बाह गरेको भनि हौसला स्वरुप गैर आवसिय नेपाली सङ्घ घानाले ११ औ गैर
आवासीय नेपाली दिवसको (11th NRN day) अवसरमा एस.एस.डि.आर.सी नामक संस्थालाइ नगद रु एक लाख एक हजार एक सय एघार् (रु १,०११११) हस्तान्तरण गरेको छ ।
उक्त रकम शनिवार राजधानीको याक एन्ड एति होटेलमा भएको विशेष कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अध्यक्ष शेष घले, गैर आवासीय नेपाली सङ्घ पूर्व अध्यक्ष जिवा लामिछाने र गैर आवासीय नेपाली सङ्घ घानाका (NRN – Ghana) अध्यक्ष डा. हरी कृष्ण बास्कोटाबाट संयुक्त रुपमा एस.एस.डि.आर.सी की कार्यकारी निर्देशक सबिता उप्रेतीलाई हस्तान्तरण गरिएको थियो ।
गैर आवासीय नेपाली सङ्घ घानाका (NRN Ghana) अध्यक्ष डा.हरी कृष्ण बास्कोटाले युवा सामाजिक अभियन्ता सबिता उप्रेतीले गरेको कामको उच्च मुल्यानकन गरी उहालाई हौसला र साथ दिन यो रकम हस्तान्तरण गरिएको बताउनु भएको थियो ।