बुधबार, बैशाख १२, २०८१

तराई संयुक्त जनक्रान्ति पार्टीले सरकारलाई हतियार बुझाउने

जनकपुर असोज २३ संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत रहेको प्रारम्भिक वार्ता उपसमितिसित भएको वार्ता अनुरुप तराई संयुक्त जनक्रान्ति terai_morcha_barta_421475343पार्टी नेपालले आफुहरुले आन्दोलनको क्रममा प्रयोग गरेका सवै हातहतियार नेपाल सरकारलाइ बुझाउने भएको छ ।

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अनुराग समूहका संयोजक भुवनेश्वर मण्डलले देशका विभिन्न कारागारमा रहेका करिब १५ जना बन्दी कार्यकर्तालाई सम्झौताअनुरुप सरकारले रिहागरे लगत्तै हातहतियार नेपाल सरकारलाइ बुझाउँने तयारी रहेको बताउँदै त्यस भन्दा अगाडि आफ्ना बन्दी कार्यकर्तालाई रिहा गर्न पने माग गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।