शुक्रबार, बैशाख १४, २०८१

भक्तजनलाइ मन्दिरको गर्भगृहसम्म प्रवेश दिन सर्वोच्चको परमादेश

काठमाडौ असोज २३, पशुपति मन्दिरका भट्ट वा भण्डारीले भक्तजनहरूलाई समस्या देखाएर पूजा प्रक्रियामा अवरोध गरेको भन्दै अधिवक्ताद्वय राजिव सिन्हा र बिनोद supreme-court-nepal1फुईयालले दुई वर्षअघि छुटृाछुटृै दयर गरेको रिट निवेदनमा सुनवाइ गदै सर्वोच्च अदालतले सम्भव भएसम्म भक्तजनहरूलाई पशुपति मन्दिरको गर्भगृहसम्म प्रवेश गराउन बुधवार परमादेश जारी गरेको छ ।

उक्त अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको विशेष इजलासले यस्तो आदेश जारी गरेको हो । न्यायाधीशद्वयले जारी आदेशमा सम्भव भए मूर्ति रहेको क्षेत्रभित्र अर्थात गर्भगृहसम्म प्रवेश दिन अविलम्ब जो चाहिने व्यवस्था गर्नु गराउनु भनी उत्प्रेषण एवं परमादेश जारी हुने ठर्हर्ने उल्लेख गर्दै आदेशको कार्यान्वयन एकमहिनाभित्र गरी प्रतिवेदन पठाएर इजलास समक्ष पेस गर्न पनि सो आदेशमा भनिएको छ ।