बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासङ्घ तथा युनियनद्वारा दुःख व्यक्त

काठमाडौ असोज २३, नेपाल पत्रकार महासङ्घले कैलालीबाट प्रकाशित हुने लेखाजोखा साप्ताहिकका सम्पादक÷प्रकाशक एवम् आर्थिक अभियान दैनिकका समाचारदाता fng logo 1कर्ण शाहीको असोज २० गते डोटी जिल्लाको छतिवन गाविसमा भएको बस दुर्घटनामा परी मृत्यु भएकोमा दुख व्यक्त गरेको छ । महासङ्घले बुधवार एक विज्ञप्ति जारी गरी शाहीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना एवम् शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।press union

यसैगरी सूचना विभागका निर्देशक तथा नेपाल पत्रकार महासङ्घको भवन निर्माण समितिका सदस्य श्याम चालिसेको यही असोज १६ गते हृदयघातका कारण भएको निधनप्रति महासङ्घले शोक व्यक्त गरेको छ ।

यसैवीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले पत्रकार कर्ण शाहीको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ । युनियनले पनि बुधवारनै एक शोक वक्तव्य जारी गरी पत्रकार शाहीसँगै सो दुर्घटनामा परी २९ जनाको मृत्युको खबरले युनियनलाई मर्माहत बनाएको बताउँदै स्वर्गीय शाहीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन । त्यस्तै  विज्ञप्तिमा प्रेस युनियनका शुभेच्छुक तथा सूचना विभागका निर्देशक श्याम चालिसेको गत असोज १६ गते हृदयघातका कारण ५७ वर्षको उमेरमा भएको निधनप्रति पनि युनियन शोक व्यक्त गरेका छन । यसै क्रममा कान्तिपुर हटलाइन डट कमको तर्फबाट   दिगवंत पत्रकार शाही र सूचना विभागका निर्देशक श्याम चालिसेको  असामयिक निधन प्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना एवम् शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौं ।