शुक्रबार, चैत्र १७, २०७९

विजयादशमीको साँझ उपत्यकामा नेवार समुदायले मनाए खड्गजात्रा पर्व

काठमाडौ असोज १८, बडादसैंको अन्तिम दिन विजयादशमीको साँझ उपत्यकामा नेवार समुदायले खड्गजात्रा अर्थात ‘पाया’ पर्व मनाएका छन् ।

काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेका अरु जिल्लाका शक्तिपीठहरुबाट खड्गधारण गरी खड्गजात्रा निकाल्ने गरिन्छ । तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी खड्गजात्रा मनाउने गरिन्छ ।

काठमाडौंमा भने कंकेश्वरी, टेःवहाल, वटु भद्रकाली, कोहीटी निलबाराही, र हनुमानढोका दरवारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा छ । नगरपरिक्रमा गरी जात्रा सकिएपछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै खुसियाली मनाउने गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930