शुक्रबार, बैशाख ७, २०८१

१८ औ शिखर सम्मेलनका लागि भारतबाट बुलेटप्रुफ कार ल्याइने

काठमाडौं असोज २९, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औ शिखर सम्मेलनका लागि चाहिने आरमदायी र अति सुरक्षीत बुलेटप्रुफु दश कार सहित ५५ फरक फरक गाडी भारतबाट ल्याउने निर्णय शिखर सम्मेलन तयारी समितिले गरेको खवर आजको कान्तिपुर दैनिकले छापेको छ ।

bulletसम्मेलनमा सहभागि हुन आउने राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने उक्त गाडीहरु नेपालसङग नभएपछि विभिन्न विकल्पमा छलफल भएपछि अन्तमा सरकारले यस्तो निर्णय लिएको हो । भारतीय विदेश मन्त्रालयलाई आवश्यक पर्दा उपयोगमा लिने पर्यटन विभाग अन्तरगतको टुरिजम ब्यूरोुबाट त्यस्तो गाडी ल्याउने निर्णय भएको परराष्ट्र मन्त्रालय बरिष्ठ अधिकारीलाइ उदृत गर्दै प्रकाशित खवरमा  भारत सरकारले शिखर सम्मेलन प्रयोजनका लागि नेपाललाई उक्त गाडी उपलब्ध भारतले आफ्नो मुलुकको भ्रमणमा आउने विशिष्ट अधिकारीलाई भाडामा लिने कम्पनीबाट नै भाडामा लिएर नेपाललाई उपलब्ध गराउन लागेको उल्लेख गरिएको छ ।

गाडीको भाडा भारतले तिर्ने भए पनि ल्याउने भाडा भने नेपालले तिर्नुपर्ने हुन्छ ।  त्यस्तै बुलेटप्रुफ गाडी कार्गो बिमानमा काठमार्डौ ल्याउने तयारी रहेको परराष्ट्र अधिकारीले बताए । अन्य गाडी भने केहीलाई गुडाएर र केही टेलरमा ल्याउने तयारी भएको पनि ति अधिकारीले बताए ।  यसको सबै ब्यवस्थापन भारत सरकारले नै गर्नेछ तर ल्याउन लाग्ने भाडा भने नेपाल सरकारले नै तिर्ने हुनाले भाडा भन्दा ल्याउने खर्च महंंगो पर्नेछ तर अर्को विकल्प नुहदा स्विकार गरेका हौ , एक अधिकारीले बताए । ल्याउने र पुर्याउने भाडा पनि भारतलाई नै तिरिदिन आग्रह गर्न असहज भएकोले न्यूनतम शुल्क लिन आगं्रह गर्ने भएको छ । अध्ययन टोलीले दशै अगावै भारतबाट गाडी ल्याउन उचीत हुने सुझाव सरकारलाई दिएको थियो । त्यही आधारमा सरकारले निर्णय लिएर भारत सरकारलाई आग्रह गरेको र भारतले पनि सहयोग उपलब्ध गराउन सहमत भएको हो । केही गाडी मंसिर एक गते काठमाडौं आउने छ भने बुलेटप्रुफ कार मंसिर पाचसम्म आइपुग्ने बताइएको छ ।

 सार्कको लागि एक सय ३० गाडी आवश्यक रहेको परराष्ट्रले जनाएको छ । अर्थमन्त्रालयले २४ गाडीको मात्र स्विकृत दिएकोले त्यसको टेण्डर भएर खरिद प्रक्रियामा गएको परराष्ट्र अधिकारीले बताए । विभिन्न मन्त्रालयको पनि केही गाडी उपायोगमा ल्याउने तयारी रहे पनि कतिपय मन्त्रालयले आफूसंग गाडी नभएको जानकारी दिइसकेको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930