शुक्रबार, चैत्र १६, २०८०

११ लाख अमेरिकी डलर राशीको चिकित्सातर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

एजेन्सी असोज २१, मस्तिष्कको मार्गचित्र पत्ता लगाएबापत बेलायती–अमेरिकी अनुसन्धानकर्ता जन ओ किफ तथा नर्वेका दम्पती एडवर्ड तथा मे ब्रिट मोजरलाई photo_114यसवर्षको नोबेल चिकित्साशास्त्र पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारका लागि निर्णायक समितिले ती तीन व्यक्तित्वले मानव-मस्तिष्कको स्थान पत्ता लगाउने प्रणाली अर्थात् ‘आन्तरिक जीपीएस’ पत्ता लगाएकाले यो पुरस्कार प्राप्त गरेको जनाएको छ।

यसले मानवलाई आफ्नै मस्तिष्कको अन्तरस्थलबारे जानकारी प्राप्त गर्न सक्षम बनाएको उल्लेख गरिएको छ । यस अनुसन्धानले स्मरणशक्ति क्षय तथा मस्तिष्कको अन्य रोगको उपचारमा प्रभाव पार्ने धारणा निर्णायक समितिले राखेको छ । ‘अल्जायमर्स’ रोग लागेकाले यस्तो नक्सा भुल्ने तथा किन वातावरण चिन्ह सक्दैनन् भन्ने यस अनुसन्धानले व्याख्या गर्दछ । यस अध्ययनले मस्तिष्कको कुनै विशेष कोषको समूहले कसरी काम गर्छ भन्ने बुझ्न उदाहरणीय परिवर्तन दिएको पनि निर्णायक समितिले जनाएको छ ।

११ लाख अमेरिकी डलर राशीको यो पुरस्कार आगामी डिसेम्बर १० तारिखका दिन स्टकहोममा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ ।