शुक्रबार, बैशाख १४, २०८१

हुदहुद आँधीको प्रभाव: देशभर अविरल वर्षा, जनजिवन प्रभावित

काठमाडौं असोज २८, भारतको समुद्री क्षेत्रबाट नेपाल छिरेको हुदहुद आँधीका कारण कठमाडौं उपत्यका लगायत  देशैभरी अविरलरुपमा परेको वर्षाका कारण जनजिवन प्रभावित भएको छ । त्यस्तैगरी म्याग्दी र मुस्ताङका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको छ । अविरल वर्षाकाहुदहुद आँधी कारणले गर्दा एकाएक जाडो बढेपछि बृद्धबृद्धा, बालबालिका प्रभावित भएका छन् ।  यसैवीच जल तथा मौसम पूर्वानुमान महाशाखाले हुदहुद आँधीको प्रभाव बिहीवारसम्म पर्ने अनुमान गरेको छ ।