शनिबार, बैशाख ८, २०८१

सुपथ पसल पुनः सञ्चालनमा

काठमाडौ असोज २३, सरकार मातहतका निकायबाट चाडपर्वका बेला सर्वसाधारणलाई सहुलियत दरमा खाद्यान्न विक्री गर्ने उद्देश्यले असोज १ देखि उपत्यकाका सात र 33मोफसलमा ६३ स्थानमा संचालन गरेको दशैंको बिदा पुनः संचालनमा आएको छ। दशैंको सप्तमीदेखि पुर्णिमासम्म बन्द गरिएको बन्द गरिएको सुपथ मूल्यका पसल बुधबारदेखि पुनः संचालनमा आएको हो ।

सुपथ मूल्यका पसलबाट हजारौं उपभोक्ता लाभान्वित भएको जनाउँदै साल्ट ट्रेडिङ्ग लिमिेटेडका प्रवन्धक वज्रेस झाले अन्य वर्षको तुलनामा यस वर्ष उपभोक्ताको प्रतिक्रिया सकारात्मक आएको बताउँनु भएको छ । सुपथ मूल्यका पसलबाट चिनी, नून र तेल लगायतका खाद्यान्न विक्री  भईरहेको छ ।