बिहिबार, बैशाख १३, २०८१

सहमति कार्यान्वयनको नामम प्रमुख तीनदलबीच अर्को पाँचबुँदे सहमति (सहमतिपत्र सहित)

 राजनीतिक समितिको संयोजकको जिमवारी पहिलो दुई महिनाका लागि एमाओवादीका अध्यक्ष प्रचन्द्रलाइ

1800269_4719122912908_8910325474393010838_nकाठमाडौ असोज २२ ,चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै व्यवस्थापिका संसदको बैठक दजनौ पटक अवरुद्ध पार्दै आइरहेका एमाओवादी लगायतका प्रमुख प्रतिपक्ष दलहरुको माग का सम्बोधन गर्ने नाममा आज प्रमुख राजनीतिक दल क्रमस काँग्रेस, (एमाले) र एमाओवादीबीच मलुकको विद्यमान राजनीतिक गतिरोढ अन्त्यका लागि भन्दै फेरि अर्को पाँचबुँदे सहमति भएको छ । प्रमुख दलबीच सो सहमति भएपछि पटक पटक अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आजबाट सुचारु भएको छ ।

संविधानसभा भवनमा आज अपराह्न ती दलका शीर्ष नेताहरूबीच भएको बैठक शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग पु-याउने र राजनीतिक दलहरूबीच पारस्परिक समझदारीको विकासमा सघाउन राजनीतिक समिति गठन गर्ने सहमति भएको हो ।  राजनीतिक समितिमा नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का तर्फबाट तीन–तीनजना रहने, तराई–मधेस केन्द्रित राजनीतिक दलहरूका तर्फबाट सोही सङ्ख्यामा र अन्य दलबाट तीनजना रहने सहमति भएको छ ।

अन्य दलबाट उक्त समितिमा रहने तीनजना सदस्यमध्ये राप्रपा र नेकपा (माले) बाट एक–एक जना रहने र अन्य एक दलको तर्फबाट पछि सहमति भएबमोजिम हुने जनाइएको छ ।  राजनीतिक समितिको संयोजक पालैपालो हुने र पहिलो दुई महिनाका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल रहने र त्यस्तै सशस्त्र द्वन्द्व र लोकतान्त्रिक आन्दोलनका क्रममा मारिएका तथा बेपत्ता व्यक्तिका परिवारलाई प्रत्येक व्यक्तिका आधारमा सरकारले निर्देशिका बनाएर चालु आर्थिक वर्षभित्रै रु दुई लाख दुई किस्तामा उपलब्ध गराउने सहमति भएको छ । भने

सहमतिकै अर्काे दफामा रुकुम, रोल्पा, जाजरकोट, सल्यान र प्यूठानमा जग्गा लेनदेन गर्दा विविध कारणले विधिवत रजिष्ट्रेसन पास हुन नसकेका जग्गाको हकमा दुवै पक्ष मञ्जुर भएमा चालु आर्थिक वर्षमा दुई प्रतिशत मात्र राजस्व लिनेगरी नेपाल सरकारले निर्देशिका बनाई रजिष्ट्रेसन गर्न आवश्यक व्यवस्था गनर्,े नेपालमा भारतीय नम्बर प्लेटका गाडी प्रवेश गर्दा गत आर्थिक वर्षमा भएअनुरूप कर लिने व्यवस्था मिलउँने सहमति भएको छ । सहमतिपत्रमा म्रमुख दलका तीन जना शीर्ष नेताहरु काँग्रेस सभापति एमव नेपल सरकारका प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र एमओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रले हस्ताक्षर गर्नुभएको छ ।