बिहिबार, बैशाख १३, २०८१

सडक दुर्घटनामा पैदलयात्रु नेपालीको मृत्यु

काठमाडौ कात्तिक १०,  काठमाडौं महानगरपालिका वडा न. १२ स्थित टेकुरोडमा आज भएको सडक दुर्घटनामा परी पैदलयात्रु भोटेवहाल बस्ने ६० वर्षीय सुकु नेपालीको मृत्यु accidantभएको प्रहरीले जनाएको ।  बा १ क ८५३३ नंको निजी गाडीले ठक्कर दिँदा उपचारका क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाउँदै दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रण तथा चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको बुझिएको छ ।