शनिबार, बैशाख ८, २०८१

संविधानसभा बैठक बस्दै,सहमतिको नाममा संविधान निर्माण कार्यतालिका परिवर्तन गर्ने दलहरुको अपेक्षा

काठमाडौं कार्तिक २,  संविधानसभाको बैठक आज बस्ने बैठकले संविधानका विवादित विषयमा सहमति जुटाउन असफल भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद थप गर्ने वा नगर्ने सम्बन्धमा नितिगत निर्णय गर्ने भएको छ । यसअघि दोस्रो पटक थप गरिएको समयसिमामा पनि biccसंविधानका विवादित प्रसङगमा समितिले सहमति बनाउँन नसकेको प्रतिवेदन आज बस्ने विधानसभाको बैकठमा प्रस्तुत गर्ने र त्यसपछि बैठकले समितिको कार्य प्रभावकारिताको समिक्षा गर्दै विवादित प्रसङगमा सहमतिमा जान हो वा प्रक्रियाम भन्ने विषयको निकास पहिल्याउँदै अगाडि बढ्ने निर्णय गर्नेभएको छ ।

संविधानसभाले तय गरेको कार्य तालिका अनुरुप विवादित विषयमा सहमतिका लागि संवाद समितिलाई गत असोज ३० गतेसम्मको समय दिदै सो समयमा सहमति नजुटे विवादित विषयमा प्रश्नावलीसहितको प्रतिवेदन ३१ गते संविधानसभामा पेश गर्न भनिएको थियो । यसवीचमा स्रोतका अनुसार पटक पटक थप भएको समयसिमामा समेत सहमति जुटाउन असफल भएका दलहरुले पुन म्याद थपको अपेक्षा गरेको बुझिएको छ ।

यसरी एकातर्फ संवाद समितिको म्याद तेस्रो पटक थप भए संविधान निर्माण कार्यतालिका पूर्णत परिवर्तन हुनेछ भने अर्कोतर्फ संवाद समितिका सभापति बाबुराम भट्टराईले विवादित विषयमा सहमति प्रयास जारी रहेको व्यहोरा सहितको प्रतिवेदन संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गलाई बुझाइसकेका छन् । आजको बैठकमा सभापति भट्टराईले समितिको प्रतिवेदन छलफलका लागि पेश गर्ने कार्यक्रम छ । छलफलपछि संविधानसभाले समितिको म्याद थप गर्ने वा नगर्ने निर्णय गर्नेछ ।