शुक्रबार, बैशाख ७, २०८१

संविधानका विवादित विषयमा मसिनो ढङगले छलफल गर्न संवाद तथा सहमति समितिको बैठक बस्दै

काठमाडौं कात्तिक ११, संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज बस्दैछ । images (1)आगामी कात्तिक १५ गतेभित्र सहमति बनाउँनु पर्ने दायित्व बोकेका संवाद तथा सहमति समितिअन्तगत दलहरुबीच शासकीय स्वरुपको प्रसङगमा अहिलेसम्म त्यस्तो कुनै औपचारिक रुपमा छलफल नभएपनि आजको बैठकमा मुख्यत राज्यपुनर्संरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणाली लगायतको बारेमा मसिनो ढङगमा छलफल गर्ने तयारी गरेको बुझिएको छ ।
यसअघि काँग्रेस र एमाले, एमाले र एमाओवादी त्यस्तैगरि काँग्रेस र एमाओवादीवीत दुइ पक्षिय छलफल भइसकेको छ । त्यस्तै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पनि पटक पटक दलका शिष नेताहरुङग विशेष भेटवार्ता गदै सहमतिको वातावरण निर्माणमा योगदान गर्न आग्रह गर्दै आउनु भएकोछ ।
यसैवीच दलहरुवीच काँग्रेस र एमाले थोरै प्रदेश बनाउनुपर्ने अडान लिदैगर्दा एमाओवादीले १० प्रदेश बनाउनुपर्ने अडानबाट तसमस नभएपछि दलहरुवीच हलो अड्केको बझिएको छ । त्यस्तै यि र यस्ता विवादलाइ सम्बोधन गर्नका लागि हिजो बस्ने भनिएको तीन दलको बैठक एमालेका शीर्ष नेताहरुको अनुपस्थितिका कारण स्थगित भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930