शुक्रबार, चैत्र १६, २०८०

संविधानका विवादित विषयमा सहमति बनाउँन आज पनि प्रमुख तीनदल छलफलमा जुट्दै

काठमाडौं असोज २९, संविधानका विवादित विषयमा सहमति खोज्न आज पनि प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादी छलफलमा जुट्ने भएका छन् । तीनदलको झण्डासहमतिका लागि दिउँसो ३ बजे सिंहदरबारमा छलफलहुँन लागेको संसद सचिवालयले जनाएको छ ।

छलफलको क्रममा प्रमुख तीनदलले यस अघि पनि पटक पटक बैठक बसेर संविधानका अन्तरबस्तुमा सहमतिका लागि प्रयास जारी राखेका छन् । अहिलेसम्मको छलफल अनुसार तीन दलले बैठक राज्यपुरसंरचनामा संख्याका विषयमा एकमत भएपनि नाममा भने विवादित छ ।

दलहरुले ६ देखि ७ ओटा सम्म प्रदेश बनाउन सकिने गरी छलफल थालेका छन् । तर शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा भने अझै सहमति भइसकेको छैन ।