शनिबार, बैशाख ८, २०८१

संविधानका विवादित बिषयमा सहमति कायम गर्न बसेको कार्यदलको बैठक अनिर्णयका बन्दी

आजै शीर्ष तीन दलको बैठक पनि बस्दै , काँग्रेसले बनायो ९ प्रदेशको अवधारणा

काठमाडौं असाज १९, संविधान निमार्णका विवादित बिषयमा सहमति जुटाउन गठित कार्यदलको शनिबार प्रधानमन्त्री निवास वालुवाटामा साँझ बसेको बैठक बिना तीनदलको झण्डानिष्कष टुङगिएको छ । समाचार स्रोतका अनुसार बैठकमा संविधान निर्माणका विवादित विषयमा घनिभूत छलफल भएपनि नितिगत सहमति भने बन्न सकेनन ।
यद्यपी छलफल सकरात्मक रहेको बताइएको छ।

विवादित विषयमा सहमति जुटाउनका लागि गठन गरिएको उक्त कार्यदलमा कंग्रेसका तर्फबाट महामन्त्री कृष्ण सिटौला र महेश आर्चाय, एमालेका तर्फबाट भीम रावल र अग्नी खरेल, एमाओवादीका तर्फबाट महासचिव कृष्ण बहादुर महरा र खिमलाल देवकोटा तथा नेकपा माओवादीबाट पम्फा भुसाल र देव गुरुङ रहेका छन ।

यसैवीच आज प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रबीच शनिवारनै भएको विशेष छलफलको निष्कर्ष अनुरुप आज विवादित विषयको टुङगो लगाउँदै निर्धारित मितिमा संविधान जारी गनु पर्ने अवस्थामा ४ बुँदे सहमति कार्यान्वयनको नाममा पटक पटक हुँदै आएको व्यवस्थापिका संसद्को बैठक सुचारु गर्ने मुद्धामा छलफल गर्न शीर्ष तीन दलको बैठक बस्ने तयारी भएको बुझिएको छ ।

     समाचार स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको काँग्रेसका   पदाधिकारी, केन्द्रीय सदस्य र संवैधानिक राजनीति संवाद तथा सहमति समितिमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसहितको बैठकले संविधानका विवादित प्रसङग अन्र्तगत    कांग्रेसले राज्य पुनःसंरचनामा आफ्नो  ७ प्रदेशको पुरानो अडान छोड्दै   ९ प्रदेशसम्म बनाउन सक्ने धारणामा सहमति गन सक्ने मनस्थिती बनाएको र यहि बटमलाइनमा सहमति कायम गर्ने शोच   काँग्रेसले बनाएको    थाहा भएको छ।