बिहिबार, बैशाख १३, २०८१

संवाद तथा सहमति समितिको बैठकमा नेताहरुवीचको छलफल निष्कर्षविहिन  

अडान मात्र होइन विवादित प्रसङगमा फरक कोणबाट छलफल गरौ : सभासद थापा

काठमाडौ कात्तिक ११, संविधान निर्माणमा देखिएका प्रमुख विवादित विषयमा सहमति बनाउँन भन्दै आज बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको 158410824_1380789893बैठकमा विवादित विषयमा नेताहरुवीच निष्कर्षविहिन छलफल सिवाय अरु कुनै उपलब्धि हुँन सकेनन ।
आजको बैठक पछि समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख विवादित विषयमा कुराकानी भएको र प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी सहमति निर्माण गरिने जानकारी दिदै १४ गतेसम्म उपलब्धी हाँसिल गरिने पत्रकारहरुलाइ १५ गते औपचारिक बैठक गरी सहमतिमा पुग्ने भरमग्दुर प्रयास हुने बताउनुभएको थियो ।

त्यस्तै आजको बैठकमा आमन्त्रित सदस्यका सहभागी काँग्रेसका सभासद् गगन थापाले समितिको आफुले मध्यमार्गी प्रस्ताव राख्दै सहमति भएका विषयको एकीकृत मस्यौदा बनाएर नमिलेका विषयलाई अनुसूचीमा राखेर भए पनि मस्यौदा जारी गर्नुपर्ने प्रस्ताव राखेका जानकारी दिनु भएको छ । साथै उहाँले दलका शिष नेतत्वले सधैँ आ–आफ्नै अडान मात्र राख्ने र फरक कोणबाट छलफल नगर्ने प्रवृत्तिका कारण दलहरुवीच सहमति जुट्न नसकेको बताउँनु भएको छ ।