बुधबार, बैशाख १२, २०८१

संघीयता र शासकीय स्वरुपको बिषयमा दलहरुवीच मत बाँझ्दा तीनदलीय बैठक निष्कर्ष विहीन

काठमाडौं असोज १९, संबिधानको विवादित बिषयमा सहमति जुटाउन बसेको तीन दलको बैठकमा दलहरुले आआफनो अडानबाट तसमस नभए पछि बैठक बिना निष्कर्ष तीनदलको झण्डाटुङगिएको छ । ।  प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि बोल्दै सरकारका उपप्रधानमन्त्री एवम एमाले उपाध्यक्ष बामदेव गौतमले दलहरु पुरानै अडानमा रहेकाले आजको बैठकमा सहमति हुन नसकेको पत्रकारहरुलाइ जानकारी दिएका छन । । यद्यपी उहाँले छलफल पछि छलफल गदै जाँदा अवश्य पनि सहमति कायम हुन्छ भन्दै प्रस्तावित विषयमा पुन छलफल गर्न भोलि फेरि छलफललाइ निरन्तरता दिइने बनाउँनु भएको छ ।

त्यस्तै संविधानको अन्तर्वस्तुका बारेमा   गम्भीर  छलफल भए पनि कुनै पनि विषयमा सहमति भने बन्न नसकेको पत्रकारहरुलाइ प्रतिक्रिया दिनु भएको थियो ।

आजको बैठकमा दलहरुबीच विशेषगरी संघीयता र शासकीय स्वरुपको बिषयमा बाँझिएका कारण सकमति बन्न नसकेको बुभिझएको छ । स्मरण रहोस दलहरुबीच विवादित बिषयमा सहमति कायम गर्नका लागी विधानसाले आगामी मंगलबासम्मको समयावधी दिएको छ ।   आजको   बैठकमा   काँग्रेसका सभापति एवम प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला,   कानुनमन्त्री नरहरि आचार्य र  वनमन्त्री महेश आचार्य, एनेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहाल, नेता डा  बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ र  महासचिव कृष्णबहादुर महरा, एमालेका अध्यक्ष केपी ओली शर्मा, नेता माधवकुमार नेपाल,  विद्यादेवी भण्डारी, वामदेवगौतम र  भिम रावल, महासचिव ईश्वर पोखरेललगायत नेताको सहभागीता रहेके थियो ।