मङ्लबार, बैशाख ११, २०८१

शुभ दिपावली, नेपाल संवत् तथा छठको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना

“प्रमुख दलहरुवीच आजको मिति सम्म पनि संविधानका विवादित भनिएका विषयमा सहमति हुन नसक्नु विदम्बना”

काठमाडौं कात्तिक ५,  नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सङगसङगै मुलकमा संविधान जारी गर्नका लागि तय गरिएको कार्यका तालिकाको मिति पनि नगिचिएको छ । एकातर्फ आँगनमा आइसकेको झिलिमीली र खुसीको पर्व अर्को तर्फ मुलुकमा विधि र विधानको दिशानिर्देश गर्ने संविधानको व्यग्र प्रतिक्षाका वीच मनाउँन गइरहेको deepawalisदिपावलीको यस माहौलमा दलहरुवीच देखिएको सहमति कायम गर्ने सवालमा बन्न नसकेको तिक्तताले त्यती उत्साहप्रद बन्न नसकेको सहजै बोध गन सकिन्छ ।

यद्यपी संविधान जारी गर्नका लागि तय गरिएको आसन्न माघ ८ गतेका दिन आम नेपालीहरुले जुन खुसीयाली प्रकट गर्छन त्यो क्षण वास्तविक दिपावली हुनेछ । यत्र तत्र सर्वत्र आशा र उमङका दियो बल्नेछ । तर मुलुकका प्रमुख दलहरुवीच आजको मिति सम्म पनि संविधानका विवादित भनिएका विषयमा सहमति हुन नसक्नु विदम्बना नै सावित भएको यस अवस्थामा छिटो भन्दा छिटो दलहरुवीच विवादित प्रसङगमा सहमति होस भन्नु सिवाय आम नेपालीसङग कुनै अर्को विकल्प छैन ।

तर संविधानका विवादित विषयमा सहमति जुटाउन हिजोदेखि राजधानीको गोकर्ण रिसोर्टमा बसेको तीन दलका शीर्ष नेता सम्मिलित आवासीय बैठक निष्कर्ष विहीन बनेको छ । विवादित विषयमा सहमति खोज्न भन्दै गोकर्ण रिसोर्ट पुगेका नेताहरु आपसी अडानबाट टसमस नभएपछि बैठक निष्कर्षविहीन बनेको अवस्था हो । त्यस्तै मंगलबार र बुधबार चलेको बैठकमा सहमति जुटाउन नसक्नुआफैमा नैराष्यका कारक बनेका छन ।

यस वीचमा जे जसरी हुँन्छ आफ्नो पार्टीगत स्वार्थलाइ तिलाञ्जली दिदै मुलुकको हितमा संघीयता, शासकीय स्वरुय, न्याय प्रणाली र निर्वाचन प्रणँलीको बिषयमा एकै पटक सहमति गर्ने गरी छलफल गर्नु नितान्त जरुरी देखिएको अवस्थामा यो वा त्यो बहानामा दलहरु अल्मलिने हो भने स्थिती झनै गम्भिर बन्ने छ त्यस अर्थमा पनि बैलैमा विचार गरौ ।  अन्तमा शुभ दिपावली, नेपाल संवत् तथा छठको उपलक्ष्यमा सबैमा हार्दिक  शुभकामना व्यक्त गर्दछु ।