शुक्रबार, चैत्र १६, २०८०

विवादित विषयमा सहमति बनाउँन बसेको तीन दलको जारी बैठकबाट एमाओवादी बाहिरिए

काठमाडौ असोज २६, संविधान निर्माणमा देखिएका असहमतिका विषय क्रमस सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीकामा तोकिएको समयमै तीनदलको झण्डासहमति बनाउँन भन्दै आज विहान सिंहदरवारमा ११ बजेदेखि बसेको बैठक तीन दलको जारी बैठकबाट एमाओवादी बाहिरिएको छ ।

बैठकबाट बाहिरिएका एमाओवादी नेता एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रमुख विवादित शासकीय स्वरुप, राज्य पुनर्संरचना र निर्वाचन प्रणालीबारे छलफल भए पनि सहमति भने भइनसकेको बैठकस्थलमा उपस्थित पत्रकारहरुलाइ संक्षिप्त प्रतिक्रिया दिएका छन । त्यस्तै उहाँले बैठकमा पार्टीका आफ्ना प्रस्तावबारे छलफल भएको पनि बताए । त्यस्तै बैठकबाट एमाओवादी वाहिरिएपनि कांग्रेस- एमालेको भने बैठक जारी रहेको बुझिएको छ ।