शनिबार, बैशाख ८, २०८१

वर्ष २०७१ दसैंले मुलुकको राजनीतिक वृतमा देखिएका असहमतिलाई सहमतिमा रुपान्तरण गर्न सकोस

विजयादशमी २०७१ को हार्दिक मंगलमय शुभकामना

काठमाडौं असोज १५, देशअहिले दसैंमय भएको छ । गाउँदेखि सहरसम्म, बालक देखि वृद्धसम्म सबैलाई दसैंले छोएको छ । सामाजिक महत्त्व बोकेको दसैं पर्वलाई मेलमिलाप, सहमति, सहकार्य, द्वेष, रिसराग बिर्सेर भाइचारालाई प्रगाढ बनाउने अवसरका रूपमा ग्रहण् गरिदै आएको  दसैं  सामाजिक मिलाप र सद्भावको सन्देश लिएर आम नेपालीको घरदैलोमा आइपुगेको छ ।

हिन्दुहरूको महान् चाडको रुपमा चित्रित एवम् धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक सन्देश बोकेको दसैंको सबै नेपालीमा उत्तिकै उत्साह र उल्लासपूर्ण भरिएको छ । त्रेतायुगमा अयोध्याका राजा रामचन्द्रले अत्याचार र अधर्मी रावणलाई युद्धमा हराएको वा देवी भगवतीले राक्षस महिषासुर आदिलाई बध गरेको पौराणिक कथाहरूलाई जोडेर दसैंलाई सत्यको जीतका रूपमा व्याख्या गरिँदै आएको दसैं आफैमा विजयको प्रतीक पनि हो  । तिनै पौराणिक कथालाई आधार मानेर दसैंलाई शक्तिको  प्रतीकका रूपमा व्याख्या विश्लेषण गर्दै गर्दा विजयको प्रतीक मानिदै आएको दसैंले आम नेपालीजनलाई भावनात्मक एकतामा बाँधे पनि मुलुकमा विद्यमान द्वेष, द्वन्द्व र असहमतिको बादललाइ चिर्दै     राजनीतिक वृतमा देखिएका असहमति, द्वन्द्व र मतभेदलाई भने चिन नसक्नु आफैमा अन्यौलको पक्ष सावित भएको छ भन्नुमा कुनै द्यक मान्नु पर्ने अवस्था कदापि छैन ।

यस अर्थमा पनि  विद्यमान यावत समस्याको समाधानार्थ दलहरूले आपसी द्वेष र कलह त्याग्दै दसैको गरिमा    र महत्वलाइ अक्षुण्ण   राख्नका   लागि  दलहरूले त्याग र सर्मपणको भाव प्रस्तुत गर्नु नितान्त् आवश्यक देखिएको छ ।  तर त्यसो हुन सकिरहेको छैन । नराम्रो माथि राम्रो र असत्यमा माथि सत्यको विजय त्यस्तै गरि समस्या माथि समाधानको उपायले सफलता प्राप्त गरे जस्तै मुलुकको हरेक तह र तप्कामा सफलता मिलोस दसैंसँग जोडिएका नकारात्मक सन्दर्भ र प्रवृत्तिलाई निरत्साहित गर्दै दसैंलाई सामाजिक सद्भाव अभिवृद्धिको एउटा अनुपम अवसर सवित होस र आम नेपाली जनको जीवनमा दसैं सुख र समृद्धिको अवसर बनेर आओस् भन्ने सिवाय हामीसङग अर्को विकल्प छैनन  ।

www.kantipurhotline.com परिवारका तर्फबाट सम्पूर्ण Online का पाठकवर्ग,विज्ञापनदाता  तथा आम नेपालीमा विजयादशमी २०७१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछैं । साथै दसैंका कारण हामी निरन्तर Update हुन नसकेपनि  यहाँहरु सङग बेलाबखत भने जोडिने हरसंम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । धन्यवाद ।