बुधबार, बैशाख १२, २०८१

लेनदेनसम्बन्धी मुद्धामा हिसानका महासचिव शर्मा प्रहरी हिरासतमा

काठमाडौ असोज २६, उमावि सङ्घ (हिसान) का महासचिव तथा ह्वाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक युवराज शर्मालाई लेनदेनसम्बन्धी कारोबारको विवादमा CHILDDDDDDDआज महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले हिरासतमा लिएको छ ।

मीनभवनस्थित ह्वाइट गोल्ड कलेजको स्वामित्व खरिद गर्ने सहमतिअनुसार पक्षका पूर्वसञ्चालक रघुराम विष्टलगायतका सञ्चालकले पाउनुपर्ने रकम निदिउको भन्ने उजुरीका आधारमा उहाँलाई प्रहरीले बाफलबाट हिरासतमा लिई सोधपुछ गरेको थाहा भएको छ। महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले शर्मालाई सोधपुछका क्रममा ल्याइएको र उजुरीकर्ता पक्षसँग छलफल गरी थप कारबाही अघि बढाइने जानकारी दिनुभएको छ।