शनिबार, बैशाख ८, २०८१

राष्ट्र सङ्घको महासभामा भाग लिएर प्रम कोइराला स्वदेश फिर्ता

काठमाडौ असोज १६, संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा भाग लिएर प्रधानमन्त्री सुशील कोइराला आज अपराह्न स्वदेश फर्कनु भएकोछ । प्रधानमन्त्री कोइरालालाई sushil_koiralaत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्रीद्वय, मन्त्री, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र सरकारका विशिष्ट श्रेणीका कर्मचारीले स्वागत गर्नुभएको थियो।

त्यस्तै प्रम कोइरालाले न्युयोर्कमा रहँदा कोइरालाले राष्ट्रसंघका महासचिव वान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सार्क राष्ट्रका अन्य सरकार प्रमुखहरुसँग पनि भेटेका थिए ।   भेटको क्रममा  प्रम कोइरालाले  नेपालको संविधान निर्माण तथा शान्तिप्रक्रियाको अवस्थाका साथै द्विपक्षीय सम्बन्धका विषयमा महत्वपूर्ण कुराकानी भएको विमानस्थलमा आयोजित  पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थाहा भएको छ ।