बिहिबार, चैत्र १५, २०८०

यस्तो छ काँचको चुराजस्तै प्रारुपमा व्याख्या गरिएको सम्बन्ध टुट्ने सङकेत

problem-in-relanshipभनिन्छ सम्बन्ध काँचको चुराजस्तै हो, कुनै पनि वेला फुट्न सक्छ । त्यसो त सम्बन्धमा खटपट सबैको हुन्छ । तर, त्यस्तो खटपट कहिले सम्बन्ध नजिक बनाउन सहायक हुन्छ भने कहिले त्यसले सम्बन्धकै अन्त्य पनि गर्छ । त्यसैले सम्बन्धबारे सचेत हुनु आवश्यक छ । खटपट परेको विषयमा सकारात्मक बहस हुने हो भने त्यसले सम्बन्धलाई मजबुत नै बनाउँछ । यदि त्यसले अर्कै स्वरूप लिइरहेको छ भने सतर्क हुनु आवश्यक छ । सम्बन्ध टुट्ने दिशामा छ भने यस्ता संकेत देखा पर्नेछन् :

अपरिचित बन्नु : जब सम्बन्धमा चिसोपन आउँछ, तब बिस्तारै तपाईं आफ्नो पार्टनरसँग आफ्ना कुरा लुकाउनुहुनेछ र अपरिचितजस्तो व्यवहार गर्नुहुनेछ । पार्टनरलाई आफ्नो सबै कुरा नभन्नु र पार्टनरसँग उनको सम्बन्ध भएको विषयमा मात्र कुरा गर्न थाल्नुभएको छ भने सम्झनुहोस् तपाईंहरू अपरिचित बनिसक्नुभएको छ । र, सम्बन्ध चाँडै नै टुट्दै छ ।

थोरै कुराकानी : तपाईंको पार्टनरले अफिसबाट फोन गर्न बन्द गर्छ । घर आइसकेपछि पनि तपाईंको प्रश्नको उत्तर मात्र दिन्छ । उसले कुनै पनि कुरा सुरु गर्दैन भने सम्झनुहोस् तपाईंको सम्बन्ध टुट्ने क्रममा छ ।

रुचि हराउनु : तपाईं आफ्नो पछिल्लो फोटो आफ्नो पार्टनरलाई पठाउनु हुन्न । वा कुनै रुचिकर कुरा सेयर गर्नुहुन्न । पार्टनरसँग कुरा गर्न मन लाग्दैन भने सम्बन्धबारे तपार्इं गम्भीर हुन जरुरी हुन्छ ।

समय कमी हुनु : तपाईंको पार्टनरले तपाईंले धेरैपटक फोन गरिसकेपछि मात्र उठाउँछ । मेसेजको उत्तर पनि ढिलो दिन्छ । अथवा केही बहाना बनाउँछ भने बुझ्न्होस् सम्बन्धमा जरुर गडबड सुरु भएको छ ।

शंका : शंका सम्बन्धको शत्रु नै हो । सम्बन्ध टुट्दै छ भने यसले मनमा डेरा जमाउन थाल्छ । पार्टनर नजिक नहुँदा असुरक्षाको भावना तपाईंमा पैदा हुन थाल्छ
-नयाँ पत्रिका