शनिबार, बैशाख ८, २०८१

यस्तो छ एबीसी टीभीको नालीबेली

शीतल शर्मा  / काठमाडौं/ माओवादीले प्रारम्भ गरेको सशस्त्र जनयुद्धको अन्त्यतिर दीनानाथ शर्मा मोहनविक्रम सिंहले नेतृत्व गरेको मसालबाट माओवादीमा प्रवेश गरे । माओवादीका दस्तावेज र यसको गतिविधि अध्ययन गरेर फिल्डमा जान्छु भनेर दिल्लीमा डेरा जमाएर बसे । तर, उनी कहिले इण्डिया छाडेनन् । लामो समय दिल्लीमा बस्दा म्यान पावरका निर्मल गुरुङसङग उनको विशेष दोस्ती बढ्यो । माओवादीले चन्दा मागेका छन, दिनुपर्‍यो भनेर चन्दा संकलनको जिम्मा निर्मलले लिने र सानो हिस्सा दीनानाथ शर्मालाई पठाइदिने गरेको म्यान पावरमा क्रियाशील अधिकांश अगुवाहरु भन्छन । म्यान पावरका तत्कालीन अध्यक्ष निर्मलले म्यान पावरमा आतंक मच्चाउने स्पाइडर नामक गुण्डा टिम बनाएका र त्यसलाई दीनानाथ शर्माले संरक्षण दिएको पनि त्यतिवेला चर्चा हुन्थ्यो ।

abc imagम्यानपावरमा कार्यरतलाई बेलाबेलामा गोली हान्ने र भारतबाट फोनमार्फत् चन्दा माग्ने काम हुन्थ्यो । माओवादी आफैंमा एकथरिलाई त्यतिवेला आतंक थियो । जब शान्ति प्रक्रिया सुरु भयो, दीनानाथ शर्माले निर्मललाई अगाडि सारेर बाग्लुङका केही व्यापारी र प्रचण्डसाग मोटो रकम लिएर सगरमाथा टेलिभिजन खोले । जनयुद्धकालमा माओवादीलाई आतंककारी, दैलेखको घटनामा प्रचण्डलाई जोडेर इदी अमिन, हिटलर भनेर लेख्ने आफ्नै जुवाईं शुभशंकरलाई माओवादीको लगानी र संरक्षणमा चलाइने टीभीको सम्पादन हेर्ने जिम्मा दिए । लामो समय दीनानाथ शर्मा र निर्मलको संयुक्त लगानी टिकेन ।

दीनानाथले त्यसलाई आफ्नो कम्पनी बनाउन चाहन्थे । निर्मलले पनि टीभीको महत्व बुझेर आफैले कमाण्ड गर्न थाले । पार्टीबाट गरिएको लगानी तेब्बर बनाएर लगे । तिम्रा सबै कर्तुत एक्सपोज गरेर वाइसीएल लगाइदिन्छु भनेर धम्की दिएर घाटामा रहेको टेलिभिजनबाट ठूलै रकम लगेको निर्मलले अझैसम्म आफ्ना निकटहरुलाई बताउने गर्छन । त्यहााबाट रकम लिइसकेपछि दीनानाथको पहल र नेतृत्वमा एबीसी टेलिभिजन खोलियो ।

एबीसी अर्थात् नेपाल पत्रकार महासंघ तथा क्रान्तिकारी पत्रकार संघका पूर्व महासचिव ओम शर्माका शब्दमा आफ्नै बाउको च्यानल । त्यहाा दीनानाथ शर्माका छोरी जुवाई, छोरा बुहारीलाई भरियो । पार्टीको मिडिया हेर्ने मुख्य जिम्मा पाएका दीनानाथ शर्माले पार्टी मिडियालाई संस्थागत गर्नेतिर नलागी एबीसीको विज्ञापन खोज्न कार्यालय कार्यालयसम्म आफैं धाए । पार्टीको संचार विभागमा सधैं कुरा उठ्थ्यो, एबीसीलाई पार्टीको मातहत ल्याउनुपर्छ भन्ने आवाज चल्थ्यो, दीनानाथ शर्मा ढुंगो बोल्ला नबोल्ने गरेको एमाओवादीका पुराना पत्रकार निमबहादुर बुढाथोकी बताउँछन ।

यही विषयलाई लिएर दीनानाथ शर्मालाई सबैजसो माओवादी पत्रकारहरुले अघोषित बहिस्कार नै गरेका छन्, उनको जायजेथामा झण्डा गााड्ने भनेर ओम शर्मा र निमबहादुर बुढाथोकीले सार्वजनिक रुपमा घोषणा गरिसकेका छन्, पार्टीको पदाधिकारी, स्थायी समितिभन्दा तल रहेको पोलिटब्युरो सदस्यमा रहेर पनि दीनानाथले प्रवक्ता पद खाइरहेका छन् । उनले पार्टीको मिडिया, वाहिरी संचारकर्मीको संयोजन नभएर एबीसीको व्यापारलाई सजिलो बनाउन त्यो पद नछाडेको एमाओवादीवृत्तमा चर्चा छ । प्रवक्ता पद, एबीसीको आधारमा आफ्नो र छोरी जुवाईंको काठमाडौंमा घर र गाडी जोडिइसकेको छ । प्रचण्डको रकम उनकी जीवन संगिनी सीता दाहालसाग हुन्थ्यो । उनीसाग पैसा खुस्काउन पुस्पकमललाई प्रचण्ड बनाउनेमा मुख्य भूमिका सीता दाहाल हो र जनयुद्धलाई अगाडि बढाउने र फैलाउने काम उनको भूमिका मुख्य छ भनेर कांग्रेसको भीमबहादुर तामांगसङग तुलना गरेर एबीसीमा सीता दाहालका दर्जनौ एपीसोड प्रस्तुत गरिए ।  सीताबाट रकम फुस्काउनका लागि जनयुद्धमा कार्यरत अन्य नेता, कार्यकर्ता, योद्धाको अवमूल्यन गरियो । जनयुद्धका घाइते, शहीद परिवार काम र मामका लागि छटपटाइरहेका छन, तिनको उपचार र भरणपोषणको बारेमा कुनै चिन्ता छैन तर जनयुद्धका बेलामा केन्द्रीय तहमा रहेका दीनानाथ शर्मा लगायतले आफ्नो र परिवारको चोला बदलेका छन् । वर्गउत्थान गरेका छन् ।