शुक्रबार, चैत्र १६, २०८०

माओवादी पीडितद्धारा काठमाडौंमा जिल्ला प्रशासन अगाडि धर्ना

काठमाडौं कार्तिक ३, सर्वोच्च अदालतले द्धन्द्धपीडितका विषयमा नेपाल सरकारलाई दिएको परमादेश अक्षरश कार्यान्वयन गर्नुपर्नेलगायत ११ सुत्रीय माग राखेर माओवादी पीडित संघलगायतले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि एक घन्टा धर्ना दिएका छन् । आमरण अनशनमा देहत्याग गरेका नन्दप्रसाद अधिकारीको २८औं दिनको सम्झनामा उनीहरुले एक घन्टा धर्ना दिएका हुन । धर्ना कार्यक्रममा बोल्नेहरुले गंगामाया अधिकारीका माग पूरा गर्ने ५ बुँदे सरकारी प्रतिबद्धता यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका थिए ।