बिहिबार, चैत्र १५, २०८०

मलालाको चाहना :नोबेल पुरस्कार ग्रहण् गर्दा भारत र पाकिस्तानका प्र.मको उपस्थिति होस

काठमाडौ असोज २५  वर्ष २०१४को नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाईले आफूले पुरस्कार ग्रहण गर्दाको क्षण भारत र पाकिस्तानबीचको सम्बन्ध सुध्रेको malala-yousafzai-03हेर्ने आफ्नो चाहना भएको भन्दै त्यस अवसरमा भारतीय र पाकिस्तानी प्रधानमन्त्री नरेन्द्र मोदी र नवाज सरिफ दुबै जना उपस्थित भएको हेर्ने इच्छा व्यक्त गरेकी छिन ।

शुक्रवार १७ वर्षीया किशोरी मलाला र बालश्रमविरुद्ध बाल्यकाल बचाऔं नामको अभियानका अभियन्ता कैलाश सत्यार्थीलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरिएको थियो ।  यसअघि पाकिस्तानको कबायली क्षेत्रमा बालिका शिक्षाको अभियान चलाउँदाचलाउँदै मलाला यूसुफजाई सन् २०१२ को अक्टोबरमा तालिवान आतंकवादीले गोली हानेका थिए ।