बिहिबार, बैशाख १३, २०८१

मन्त्रालयको लेटरप्याडमा नेपाल सम्वत् अङ्कित गर्ने प्रम कोइरालाको उद्घोष

दश वर्षमा मुलुकको मुहार फेरिने दावी प्रस्तुत गर्दै प्रम कोइरालाद्दारा नेपालीको शीर निहु-याउने कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त

काठमाडौ कात्तिक ७, नेपालको मौलिक संवत सुरु भएको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समिति ११३५ द्वारा आज वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन IMG_7999sjh_roadphotography_vintuna rally_2071 गर्दै प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित मितिमा संविधान जारी हुनेमा कुनैपनि शङ्का नर्गन आग्रह गर्दै अव जारी हुँने समावेशी र सङ्घीयतासहितको लोकतान्त्रिक संविधानले सबै जातजातीकोे परम्परा भाषा, संस्कृति र धर्म सुरक्षाको प्रत्याभूत गर्ने बताउँनु भएको छ ।   त्यस्तै प्रम कोइरालाले मुलुकका प्रमुख आवश्यकता भनेको स्थायीशान्ति, विकास सहितको सङ्घीयतासहितको लोकतान्त्रिक संविधान भएको चचा गर्दै आज भन्दा ११३४ वर्ष पहिलेनै सम्वत्का प्रवर्तक शङ्खधर साख्वाःले गरिव जनताहरुको ऋण मोचन गरेर देखाउनुभएको उदारता आफैमा लोकतन्त्रको प्रतिक भएको बताउँदै तत्कालीन काँग्रेस सरकारलेनै शङ्खधर साख्वाःलाइ राष्ट्यि विभूतिको सम्मान दिएको बताउँनु भएको थियो ।

सम्बोधनकै क्रममा उहाँले निर्धारित मितिमा संविधान जारी गर्नका लागि केहि विवादित प्रसङगमा दलहरुबीच वार्ता भइरहेको र प्रस्तुत वार्ताले सकारात्मक दिशा लिनेमा आफु विस्वस्त रहेको भन्दै माओवादीको हतियार व्यवस्थापनि जस्तो गहन मुद्धा त वार्ता र सहमतिको माध्यमबाट समाधान गर्दै शन्ति प्रक्रियालाइ उहाँसम्म पुयाएको बताउँनु भएको थियो । अहिलेको विवाद भनेको केवल मुलुक सङ्घीयतामा जाँदा कति प्रदेश राख्ने तथा शासन व्यवस्था कस्तो हुने भन्नेमा मात्र रहेको भन्दै उहाँले अव मुलुकले बन्द हड्ताल होइन विकास चाहेको बताउदै सविधान जारी भएको दश वर्षमा मुलुकको मुहार फेरिने दावी गर्नु भएको छ ।

अहिलेको विवाद भनेको केवल मुलुक सङ्घीयतामा जाँदा कति प्रदेश राख्ने तथा शासन व्यवस्था कस्तो हुने भन्नेमा मात्र रहेको भन्दै उहाँले अव मुलुकले बन्द हड्ताल होइन विकास चाहेको बताउदै सविधान जारी भएको दश वर्षमा मुलुकको मुहार फेरिने दावी गर्नु भएको छ ।  त्यस्तै नेपालीको शीर निहु-याउने कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रम कोइरालाले राष्ट्यि विभूति एवम् सम्वत्का प्रवर्तक शङ्खधर साख्वाःको सम्मानमा राज्यको तर्फबाट हरेक मन्त्रालयहरुको लेटरप्याडमा अब नेपाल सम्वत् अङ्कित गरिने उद्घोष गर्नु भएको छ ।

IMG_0630
(फोटो : कुमार श्रेष्ठ)

न्हूदँ राष्ट्रिय समारोह समिति संयोजक प्रा. डा. त्रिरत्न मानन्धरले शङ्खधर साख्वाःले राष्ट्रिय भावनाबाट ओतप्रोत भई स्थापना गर्नुभएको नेपाल सम्वत् नेपालकै सम्पत्ति भएकाले यसलाई व्यवहार मै लागू गर्न सरकारसँग माग गर्नुभएको उक्त कार्यक्रममा समितिका सल्लाहकार लक्ष्मीदास मानन्धर, समिति सदस्य राजेश शाक्य लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

नेवारी लोकसंस्कृति झल्काउने वेशभूषा, वाजागाजा सहितको झाँकी पदयात्रा :

यसअघि नेपाल संवतका उपलक्ष्यमा नेवारी समुदायका विभिन्न सङ्घसंस्थाद्वारा निकालिएको -याली वसन्तपुरबाट नेवारी लोकसंस्कृति झल्काउने वेशभूषा सहितको झाँकी सहितको याली जैसिदेवल, लगन, भीमसेनस्थान, मरु, प्याफल, नरदेवी, बाङ्गेमुढा, अशन, इन्द्रचोक हँुदै वसन्तपुरमै पुगेर सभामा परिणत भएको थियो ।

IMG_7915sjh_roadphotography_vintuna rally_2071 IMG_7959sjh_roadphotography_vintuna rally_2071यसैवीच नेपाल संवत् ११३५ सुरु भएको अवसरमा भक्तपुर, ललितपुर, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायत काठमाडौँ उपत्यकाको तीनै सहर र यससँग जोडिएका ठाउँ तथा उपत्यका बाहिर समेत विभिन्न कार्यक्रम सहित नयाँ वर्षको स्वागत गरिएको बुझिएको छ ।