शनिबार, बैशाख ८, २०८१

यमपञ्चक मङगलवार देखि सुरु, भाइटीकाको साइत ११:३५ बजे

काठमाडौं कत्तिक ३, वर्ष २०७१ को कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व कात्तिक ४ गते मङगलवार देखि सुरु हुँदैछ ।   त्यस्तै यस वषको भाइटीकाको साइत कात्तिक ८ गते शनिवार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पञ्चांग निर्णायक समितिका अनुसार सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिले जनाएको छ ।