बिहिबार, बैशाख १३, २०८१

बालिका हिंसा न्यूनीकरणमा किशोर–किशोरी

काठमाडौ असोज २५, अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आज विभिन्न जिल्लाका ६० जना किशोर–किशोरीलाई बालिका हिंसा न्यूनीकरणमा उनीहरुको भूमिकाका create_thumbसम्बन्धमा अभिमुखीकरण गरिएको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा युनिसेफ, केयर नेपाल, सिविन, प्लान नेपाल, आमा मिलन केन्द्रलगायत १३ वटा सङ्घसंस्थाले संयुक्त रुपमा अभिमुखीकरणको आयोजना गरेका हुन् ।  कार्यक्रममा काठमाडौँ, काभ्रे, कैलाली, बाँके, कास्की, दोलखालगायतका जिल्लाका किशोर–किशोरी सहभागी रहेका छन् ।