बिहिबार, चैत्र १५, २०८०

प्रम कोइराला सङग एनआरएन नेपाली सङ्घका प्रतिनिधिवीच भेटवार्ता

काठमाडौ असोज २८, प्रम सुशील कोइरालासँग एनआरएन नेपाली सङ्घका अध्यक्ष शेष घलेको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री निवास 28707बालुवाटारमा भेटवार्ता गरेको छ । भेटवार्तामा एनआरएन नेपाली सङ्घको अवस्था, एनआरएन नेपालीले नेपालमा गरेको लगानी, नेपालमा सुध्रिँदै गरेका लगानीयोग्य वातावरण, नेपालको संविधान निर्माण प्रक्रिया, खुला विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेटघाटमा लगानी, कर, र अन्य विषयका सम्बन्धमा पनि एनआरएन प्रतिनिधिले कुरा उठाउनुभएको थियो । सो अवसरमा अर्थमन्त्री डा रामशरण महत, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मृदुला कोइरालालगायतको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।