शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री कोइराला र एमाओवादीअध्यक्ष दाहालबीच भेटवार्ता

सहकार्य र सहमति गरी अगाडि बढ्नुपर्नेमा प्रम कोइरालाको जोड
राजनीतिक संयन्त्र गठनसम्बन्धमा दलहरुबीच भएको सहमति कार्यान्वयन गर्न प्रचन्द्रको आग्रह

काठमाडौ असोज २२, प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ संविधान निर्माणका क्रममा दलहरुबीच देखिएका केही pra-susuilअसहमतिका बुँदा राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली र अवरुद्ध संसद् सुचारु गर्ने सवालमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

दुई शीर्ष नेताका बीचमा करिब एक घण्टा लामो भेटवार्ता भएको थियो । भेटवार्ताको क्रममा प्रधानमन्त्री कोइरालाले माघ ८ गतेभित्र नयाँ संविधान जारी गर्न दलहरु अझ सहकार्य र सहमति ग��ी अगाडि बढ्नुपर्छ भन्दै सहमतिद्वारा नै संविधान निर्माणमा आफूले प्राथमिता दिएको अध्यक्ष दाहाललाई भन्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीलाइ उदृत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै समाचारमा अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसम्बन्धमा दलहरुबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गर्नुभएको बुझिएको छ ।