शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री कोइराला आज अपरान्ह स्वदेश फर्कँदै

 काठमाडौं असोज  १६, गत असोज ३ गते २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री सुशील कोइराला आज अपरान्ह स्वदेश फर्कँदै हुनुहुन्छ ।

महासभालाई प्रधानमन्त्री कोइरालाले गत असोज १० गते सम्बोधन गर्नुभएको थियो । महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा उहाँले जलवायु परिवर्तन र सुरक्षा परिषद्सम्बन्धी सम्मेलनमा समेत सहभागिता जनाउनुभएका थियो ।

न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राष्ट्रसङ्घका महासचिव वान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद तथा श्रीलङ्काका राष्ट्रपति महेन्द्रा राजपाक्षसँग भेटवार्ता गर्नुभएको थियो ।