शुक्रबार, बैशाख ७, २०८१

प्रचण्डले दुगुला चरित्र प्रर्दशन गर्दै संविधान जारी हुन नदिने षड्यन्त्र रच्दै हिडेको ओलीको आरोप

4

संविधान निर्माण गर्ने सर्तमा एमाओवादी अध्यक्षलाई राजनीतिक समितिको संयोजक बनाएको ओलीको खुलासा

काठमाडौं कात्तिक ३, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान आउन नदिन दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्दारा सहमतिमा संविधान जारी गर्न दवाव दिने उद्देश्यले आजबाट सुरु गरेको अभियान अन्र्तगत क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै नेता ओलीले संविधान निर्माण गर्ने सर्तमा एमाओवादी अध्यक्षलाई राजनीतिक समितिको संयोजक बनाएको खुलासा गर्नु भएको छ ।

साथै उहाँले समितिको संयोजकत्व पनि लिने अनि २२ दलका मान्छे जम्मा गरेर माघ ८ गते संविधानसभाबाट संविधान जारी हुन नदिने षड्यन्त्र पनि रच्दै हिड्ने जस्तो दुगला चरित्र देखाउँदै आएको बताउँनु भएको छ । त्यस्तै जति सकिन्छ त्यती छिटो मलुकमा विद्यमान संक्रमणकालको अन्त्यका लागि माघ ८ गते संविधान जारी गर्नु पने अवस्थामा जनमतसङ्ग्रहको माग गर्नुको कुनै अर्थ नभएको स्पष्ट भन्दै सहमतिका लागि बढीमा छ प्रदेशसम्म जान सकिने तर एमाओवादी छ प्रदेशमा नआए चार प्रदेशमा आफूहरू फर्कने चेतावनी दिनुभयो ।सो अवसरमा क्लबले नेपाली जनताले माघ ८ गते लोकतान्त्रिक संविधाान जारी गर्ने दलहरुको प्रतिबद्धताप्रति विश्वास दिएर मत दिएकोले सहमतिमा समयमै संविधान जारी गर्नु पर्ने माग सहितको ज्ञापन पत्र ओलीलाई बुझाएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930