शनिबार, बैशाख ८, २०८१

पोखरा विश्वविद्यालय उपकुलपति भट्टराई सहित २३ जना अख्तियारको हिरासतमा

काठमाडौ कात्तिक १०, पोखरा विश्वविद्यालयमा चरम आर्थिक अनियमितता गरेको आरोपमा विश्वविद्यालय उपकुलपति खगेन्द्रप्रसाद भट्टराईलगायत २३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको छ ।

 nam list आयोगले यसरी हिरासतमा लिएकाहरुमा क्रमस विश्वविद्यालय तत्कालीन कार्यकारी परिषद् सदस्य इन्द्रप्रसाद तिवारी, भवानीप्रसाद पाण्डे, ज्ञानेश्वर शर्मा, चन्द्रमणि पौडेल र ईश्वचन्द्र बानियाँ, कार्यकारी परिषद् सदस्य दीपकराज पौडेल, रजिस्ट्रार प्रा डा मानबहादुर केसी, योजना महाशाखा प्रमुख हरिबहादुर खड्का तथा उपप्रशासकद्वय यादव थापा र रवीन्द्रप्रसाद बराल रहेका छन भने पूर्वउपकुलपति केशरजङ्ग बराल, पूर्वरजिस्ट्रार ओमप्रकाश शर्मा, विज्ञान तथा प्रविधि सङ्कायका डिन सुरेशप्रसाद बाँस्तोला, पूर्वपरीक्षा नियन्त्रक कर्णवीर पौडेल, कामु परीक्षा नियन्त्रक पूर्णचन्द्र शर्मा, परीक्षा नियन्त्रक बलराम भट्टराई, परामर्शदाता प्रमुख पदमबहादुर शाही, प्राविधिक शाखा प्रमुख विनोदप्रसाद ढकाल, उपप्रशासक होमबहादुर थापा, उपप्रशासक गोबद्र्धन भट्टराई र ठेकेदार रामेश्वर भण्डारी रहेको आयोगद्दारा उल्लेख गर्दै अनियमितताको आरोप लागेका इन्जिनियर सुरेश बराल भने फरार रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 अक्षरूपी आठ लाख पचास हजार रूपैया मागदावी

गर्दै मुद्धा दायर

यसैवीच  पर्सा जिल्ला पोखरिया गाविस वडा नं ४ स्थित राष्ट्रिय नि.मा.वि सतवरीयाका विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष पारसनाथ महतो र प्रधानाध्यापक शम्भु प्रसाद चौहानले आ.व.२०६७/६८ मा विद्यालयको भवन निर्माण गर्नका लागि प्राप्त रकम हिनामिना तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको अचियोगमा   निजहरूविरुद्ध   जनही बिगो  अक्षरूपी आठ लाख पचास हजार रूपैया मागदावी गर्दै  विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930