शनिबार, बैशाख ८, २०८१

धारिलो हतियार प्रयोग गरी शिक्षकको हत्या

धादिङ असोज २३, धादिङस्थित पाँचकन्या निम्न माध्यमिक विद्यालयका शिक्षक भरतसारु मगरको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । बुधबार राति घर नआएपछि dhading-mapपरिवारले खोजी गर्दै जाँदा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालिएको अवस्थामा शिक्षक मगरको शव घर नजिकैको कोदोबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय पञ्चकन्या माध्यामिक विद्यालयका शिक्षक मगरको घाँटीको देब्रेपट्टि भागमा गहिरो चोट देखिएको र घटनाको प्रकृति हेर्दा सुनियोचित हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट दुईओटा दाउरा चिर्ने बन्चरो फेला पारेको छ ।  घटनाको अनुसन्धान भइरहेको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक शिक्षक नेपाल शिक्षक सङ्घको सदस्यसमेत रहेको बताइएको छ ।