शुक्रबार, चैत्र १६, २०८०

द्यौसीभैलो खेल्ने समय दुई घन्टा थप

10606224_10204772542451286_6312623081188813787_nकाठमाडौ कात्तिक ३ ,गृह मन्त्रालयले आफैँले यसअघि तोकेको तिहारमा द्यौसीभैलो खेल्ने समयमा संशोधन गरी आज दुई घन्टा थप गर्ने निर्णय गरेको छ । मन्त्रालयले यसअघि सुरक्षालाई ध्यानमा राखेर देउसी भैलो खेल्ने समय बेलुकी ७ बजेसम्म तोकेकामा विभिन्न क्षेत्रबाट समय थपका लागि अनुरोध आएपछि बेलुकी ९ बजेसम्म थप गरिएको मन्त्रालयका सहायक प्रवक्ता गङ्गाबहादुर क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।