शुक्रबार, बैशाख ७, २०८१

डोटी सडक दुर्घटनामा प्रम कोइरालालद्दारा समवेदना व्यक्त

सडक दुर्घटना रोक्न संस्थागत प्रयास थाल्ने प्रम कोइरालाको प्रतिवद्धता

काठमाडौं असोज २१, प्रधानमन्त्री सुशील कोइरालाले डोटी जिल्लाको छत्तिवन गाविस–५ मा सोमबार दिउँसो बस दुर्घटना भई २९ जना यात्रुको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस दुःखद दुर्घटनामा परी जीवन गुमाउने निर्दोष नेपाली नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते हुनुभएका यात्रुहरूको शीघ्र स्वास्थ्य susil koiलाभको कामना गर्नुभएको छ ।

साथै उहाँले आफ्नो समवेदना सन्देशमा स्थानीय जनताको माग र आवश्यकताअनुसार निर्माण गरिएका सडकहरुलाई वैज्ञानिक तवरको बनाउँदै स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँचमा पनि सम्बन्धित निकायहरुलाई परिचालन गरी सडक दुर्घटनालाई न्यून गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्ने यस दुःखद घडीमा आगामी दिन यस्ता कमजोरी हटाउँदै सडक यातायात दुर्घटनाबाट भइरहेको मानवीय क्षति रोक्न संस्थागत प्रयासको थालनी गरिने प्रतिवद्धता पनि व्यक्त गर्दछु समवेदना वक्तव्यमा भनिएको छ ।

  डोटी बस दुर्घटना प्रति विभिन्न राजनैतिक दलहरुद्दारा दुःख व्यक्त  :

यसैविच उक्त  घटनाप्रति  वक्तव्यमार्फत श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै  एमाओवादीका प्रवक्ता दीनानाथ शर्मा , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(माओवादी)का प्रवक्ता पम्फा भुसाल लगायतले पनि  जारी विज्ञप्तिमा   दुःख व्यक्त गर्दै  घाइतेको उपचार र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930