शुक्रबार, चैत्र १६, २०८०

डोटी सडक दुर्घटनामा ज्यान गुमाउँनेहरुको सस्मरणमा दीप प्रज्वलन गरिने

काठमाडौ असोज २१, सोमबार दिउसो डोटीको छतिवन गाविसमा भएको सडक दुर्घटनामा तीस जनाभन्दा बढिको मृत्यु भएको छ । मुलुकमा हवाइ दुर्घटनाहुँदा राहत तथा deepउद्धारका लागि सरकारले तदारुपता देखाएपछि सवारी दुर्घटनामा समयमा उद्दार राहत लगायतका काम नहुँदा धेरैको अकालमा ज्यान जाने गरेको छ ।

डोटी लगायत देशका विभिन्न भागका सवारी दुर्घटनामा अकालमा ज्यान गुमाउनेहरुको संम्झना र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक उद्देश्यको लागि ट्विट नेपाल नामक संस्थाले आज साँझ ५:३० बजे माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रमको अयोजना गर्दै मृतक आत्माको चिरशान्तिकोकामना गर्ने भएको छ।