शनिबार, बैशाख ८, २०८१

ट्याङ्कर दुर्घटना हुँदा नौ हजार लिटर पेट्रोल नष्ट

पाल्पा असोज २७, बुटवलबाट पाल्पा रामपुरका लागि ��ेट्रोल लिएर गएको ना२ख ५१२ नम्बरको ट्याङ्कर आज राति करिब १ बजे दुर्घटना हुँदा नौ हजार लिटर पेट्रोल नष्ट dieselभएको छ । उक्त ट्याङ्कर रामपुर सडकखण्डअन्तर्गत बासुवा भन्ने स्थान नजिकै दुर्घटना भएको थाहा भएको छ ।

साँगुरो सडकका कारण रात्रीको प्रहरमा घुम्तीबाटो त्यसमाथि पनि ढुङ्गामा ठोक्किएर दुर्घटना भएको बताइएको छ । ट्याङ्करमा चालक र अन्य दुईजना भने सकुशल रहेका छन् ।