शनिबार, बैशाख ८, २०८१

जातीय राज्यको परिकल्पना समेत पनि गर्न सकिन्न : अध्यक्ष ओली

प्रसङग एमाले संसदीय दलको बैठक: 

काठमाडौ असोज २३,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै जातीय राज्यको परिकल्पनासमेत गर्न नसकिने kp-sharma-oliबताउनुभएको छ । त्यस्तै मुलुकभित्र बहुजातीय, बहुभाषिक, विविधतायुक्त र मिश्रित जातजातिको बसोवास भएकाले सबै वर्ग, जाति, भाषा र संस्कृतिको हित हुने गरी सङ्घीयताको निर्माण हुनुपर्नेमा जोड दिदै अध्यक्ष ओलीले नेपाल, नेपाली, नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय भाषा र राष्ट्रियताका बारेमा नयाँ बन्ने संविधानमा कुनै फेरबदल नहुने बतउँनु भएको छ।

बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष वामदेव गौतमल गायतका वक्ताहरुले सरकार पार्टीको तफबाट भए गरेका कार्यसम्पादनको प्रसङगमा बोल्नु भएको थियो । त्यसै क्रममा अध्यक्ष ओलीले एमालेका सभासद्हरुलाई राष्ट्रिय झण्डाको लोगो वितरण गर्नु भएको थियो ।