बिहिबार, बैशाख १३, २०८१

छठपर्व अन्र्तगत आज खरना मनाइँदै

काठमाडौं कात्तिक ११,   सूर्य उपासनको एक विशेष पर्व छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आजको दिन छठपर्वका ब्रतालुहरुले दिन दिनभर उपवास बस्दै साँझ _MG_3828sjh_road_photography_chhath_ranipokhariपख नयाँ चुलोमा र सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् ।

यसैवीच छठ पर्व मनाउनका लागि राजधनीको रानी पोखरी स्थित यमलेश्वर महादेव मन्दिर परिसर विशेष रुपमा सजाइएको छ । बुधबार र बिहीबार दुईसम्म मनाइने सो पर्वमा बुधबार छठको अस्ताउँदो सूर्यलाई अर्घ र बिहीबार उदाउँदो सूर्यलाई अर्घ र प्रसाद वितरण गरी छठ परमेश्वरको प्रतिमा विसर्जन गरिने छठ समारोह समितिले जनाएको छ ।