शनिबार, बैशाख ८, २०८१

चुम्बन गर्दा रोजगारी चट्

एजेन्सी, कुनै सहकर्मीलाई लिइएको चुम्बन कति बेला जायज हुन्छ र कति बेला हुन्न रु तान्जानिया प्रहरीका दुई अधिकारीको चुम्बन लिइएको तस्वीरका कारण अहिले kissसामाजिक सञ्जालमा बहस भइरहेको छ। यता बहस चलिरहे पनि उनीहरुले आफ्नो रोजगारी भने गुमाएका छन् । सँगै काम गर्ने कुनै मित्रसँग नजिकको नाता राख्नु अनेक समस्याको कारण बन्न सक्छ । तर, तस्वीरमा देखिएका दुई अधिकारीले सोचेका पनि थिइनन् कि यही तस्वीरले उनीहरुको करिअर नै खत्तम गर्नेछ । तान्जनियाको पश्चिमोत्तर क्षेत्रको कगेरा सहरमा लिइएको यो तस्वीरको फ्रेममा युनिफर्ममा रहेका एउटा जोडी चुम्बन लिइरहेको छ । यही आधारमा उनीहरुलाई बर्खास्त गरिएको छ। तर, देशका अन्य नागरिकले भने यसप्रति निराशा व्यक्त गरेका छन् । यो तस्वीर पुलिसकै तेस्रो अधिकारीले लिएका थिए ।

र, तस्वीर इन्टरनेटमा पोष्ट गरेका थिए । त्यसलगत्तै प्रहरीका उच्च अधिकारीको नजरमा यो तस्वीर परेको थियो । क्षेत्रीय प्रहरी कमाण्डर हेनरी म्भेबांबेले प्रहरी अधिकारीहरुको निर्णयको बचाउ गर्दै भने–उनीहरुलाई आफ्नो बचाउको पूर्ण अवसर दिइएको थियो । उनीहरुविरुद्ध प्रमाण थियो । त्यसैले उनीहरुले प्रहरी आचारसंहिता तोडेका थिए ।

उनले जागिरबाट बर्खास्त गर्नुको कारण उनीहरुको चुम्बन नभएर युनिफर्म लगाएर सार्वजनिक स्थानमा गरिएको व्यवहार हो । यहाँसम्म कि तस्वीर लिने अधिकारीले समेत जागिर गुमाएका छन् । गत साता स्थानीय प्रेसमा यो खबर प्रकाशित भयो र उनीहरुमाथि भएको सजायप्रति सामाजिक सञ्जालमा चर्चा सुरु भयो । एक व्यक्तिले फेसबुकमा लेखेका छन्–उनीहरुलाई निलम्बन वा चेतावनी दिन सकिन्थ्यो । तर, जागिरबाटै बर्खास्त गर्नु न्यायपूर्ण छैन ।  यता पेसाले कानुन व्यवसायी मसौद जार्जले बीबीसीसँग भने–यो उनीहरुको आचारसंहिताअन्तर्गत गरिएको कारबाही हो । त्यसैले यसलाई कानुनी नजरबाट भन्न सकिन्न कि उनीहरुको बर्खास्तगी ठिक थियो वा थिएन ।