बुधबार, बैशाख १२, २०८१

चितवनमा ट्रक र कार ठोक्किदा चारको मृत्यु, एक गम्भीर घाइते

 चितवन असोज २८ ,  चितवनको दारेचोक गाउँ वडा नं ९ फिस्लिङमा आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने एकजना dare chockगम्भीर घाइते भएका छन् ।  काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा३च ५५१६ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको ना४ख ४४१ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी कारमा सवार पाँचजनामध्ये दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौँ लप्सीफेदीका ५२ वर्षीय साधुराम तिवारी, ३५ वर्षीय सरोज तिवारी, ३० वर्षीया ललिता तिवारी र ३५ वर्षीय चालक सिर्जन पोख्रेल रहेको जनाउँदै ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।