बिहिबार, चैत्र १५, २०८०

गरिब प्रधानमन्त्रीको हातमा महङगो मोबाइल सेट

 भाञ्जालाई समेत राज्यको ढुकुटीबाट सामसुङ मोवाइल १

काठमाडौं कार्तिक ४,प्रधानमन्त्री सुशील कोइरालाले राज्यको ढुकुटीबाट महङगा दुई सेट मोवाइल खरिद गरेका छन् । नेपालमा सामसुङ मोवाइलको आधिकारीक विक्रेता इन्टरनेश्नल मार्केटिङ प्रालि बाट गत शुक्रबार राज्यको ढुकुटीबाट रु १ लाख ५३ हजार ५ सय ५७ रुपियाँ बराबरको २ वटा मोवाइल सेट (सामसुङ ग्यालेक्सी नोट ४ ) खरिद samsungsusilगरेको प्रधानमन्त्रीको कार्यालय सिंहदरबार निकट स्रोतले जनाएको छ। समाचार स्रोतका अनुसार एउटा सेट प्रधानमन्त्री सुशील कोइरालाले नै प्रयोग गरेका छन् भने अर्को सेट उनका भाञ्जा तथा स्वकीय सचिव रमेश भण्डारीले बोकेको   खवर न्यूज अभियान डटकमले प्रकाशित गरेको छ ।

सादा जिवन उच्च विचार को छवी बनाउने सोच भएका, सम्पत्तिको नाममा दुइटा मोबाइल सेट भएका गरिब प्रधानमन्त्री कोइरालाले सरकारको ढुकुटी आफुले दुरुपयोग नगर्ने बताइरहँदा यो सामसुङ ग्यालेक्सी मोवाइल सेट खरिदले भने उनको नियत छर्लङ्गिएको छ ।

विदेश भ्रमण बाट आएको भत्ता समेत नलिई आएका प्रधानमन्त्रीले एकाएक यति महंगा मोबाइलहरु भाञ्जालाई समेत खरिद गरेपछि सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा हल्लीखल्ली मच्चिएको बुझिएको छ । प्रधानमन्त्रीले बैठकमा प्रयोग हुने पानीका बोटलहरुबाट समेत पानी दुरुपयोग भयो भनेर साना साना बोटलहरु प्रयोग गर्न लगाउनुभयो तर सरकारकै ढुकुटीबाट व्यक्तिगत भोगचलनका लागि भाञ्जालाई समेत प्रयोग हुने गरि यति ठूलो धनराशी अपचलन गर्नुभयो हामी त अचम्मित भएका छौं, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

सामसुङ कम्पनीले विश्व भरि नै गत विहिबार मात्रै बजारमा ल्याएको हो । यी मोबाइल प्रधानमन्त्रीले शुक्रबार नै खरिद गरेका हुन् । कानुनतः राज्यको ढुकुटीबाट सरकारी ओहदामा बसेका कसैले पनि व्यक्तिगत भोगचलनका लागि सामानहरु खरिद गर्न नपाइने नियम छ ।