शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस सभासदहरुलाइ संसदमा अनिवार्य उपस्थित हुन ह्विप

काठमाडौ असोज २६, नेपाली काँग्रेसले असोज २७, २८ र कात्तिक २ गते बस्ने व्यवस्थापिका–संसदको बैठकमा अनिवार्य उपस्थित हुन आफना दलका सभासद्हरुलाई Congress-flagह्विप जारी गरेको छ ।  काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा असोज २७ गते विनियोजन विधेयक, २८ गते अर्थ विधेयक र कात्तिक २ गते बजेट पास गर्न मतदान गर्नुपर्ने भएको हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित भई सो विधेयक र बजेटको पक्षमा मतदान गर्र्न सभासद्हरुलाई ह्विप जारी गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।