शनिबार, बैशाख ८, २०८१

काँग्रेस, एमाओवादी र एमाले, माओवादीवीच बेग्लाबेग्लै छलफल

छलफल सकारामक भएको नेताहरुको दावी

काठमाडौ कात्तिक ९, संविधानका विवादित विषयमा सहमति बनाउँन भन्दै मुलकका प्रमख तीन दलकावीच वेग्लावेग्लै छलफल भएको छ । यस क्रममा प्रधानमन्त्री 3-party-flage-483x346निवास बालुवाटारमा आज साँझ बसेको नेपाली काँग्रेस र एमाओवादीको बैठकमा संविधानका विवादित विषय क्रमस शासकीय स्वरुप, राज्य पुनःसंरचना तथा न्याय र निर्वाचन प्रणालीका विषयमा दुई दलबीच घनिभूत छलफल भए पनि कनै निति गत निर्णय भने हन नसकेकोनोहरुले बताएका छन ।

बैठकपछि सञ्चारकर्मीलाई संंिक्षप्त प्रतिक्रिया दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विवादित विषयमा सहमति कायम गर्ने पक्षमा सकारात्मक पहल हुँदै गएको र छिटटै सकमतिम पुग्ने जानकारी दिनु भएको छ ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालासहित वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्थ्यो भने एमाओवादीकातर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वरिष्ठ नेता डा बाबुराम भट्टराई सहभागी रहेको बझिएको छ ।

यसअघि शान्ति कोषको सचिवालयमा आजै साँझ एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष गौतम र नेता माधवकुमार नेपाल तथा एमाओवादीतर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वरिष्ठ नेता बाबुराम भट्टराईको उपस्थितीमा नेकपा एमाले र एमाओवादीवीच सम्पन्न बैठक पनि सकारात्मक भएको बाइए पनि बैठकबाट कुनै नितिगत निर्र्णय बन्न नसकेको नेताहरुले बताएका छन । यि दुईदलको बैठकमा पनि शासकीय स्वरुप, राज्य पुनःसंरचना तथा न्याय र निर्वाचन प्रणालीका विषयमा छलफल भएको बुझिएको छ ।

त्यस्तै अव काँग्रेसले एमाले सङग प्रस्तावित विषयमा छुटटै छलफल गरि नितिगत अभिमत तयार गर्ने र त्यसपछि बस्ने तीन दलको सयुक्त बैठकले नितिगत समझदारी कायम गर्ने तयारी रहेको काँग्रेस निकट स्रोतले जनाएको छ ।