शुक्रबार, बैशाख १४, २०८१

एमाओवादीले गर्यो संसदीय दलको उपनेता,सचेतक र बोर्ड सचिवको चयन

काठमाडौ असोज २३, एमाओवादीको संसदीय दलको अज बसेको बैठकले दलको उपनेतामा पार्टी सचिव टोपबहादुर रायमाझी र सचेतकमा नेत्री रेखा शर्मालाई चयन गरेको images (21)छ भने बैठकले संसदीय बोर्डको सचिवमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई चयन गरेको छ ।
त्यस्तै संसदीय दलको बैटकले डोटी, धादिङ, सिन्धुलीलगायतका विभिन्न जिल्लामा भएका सडक दुर्घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।