शुक्रबार, चैत्र १६, २०८०

इपिएसको परीक्षाफल प्रकाशित,तीन हजार ६६३ जना परीक्षार्थी उत्तीर्ण

काठमाडौ असोज २९,दक्षिण कोरिया जाने कामदारका लागि लिइने भाषा परीक्षा (इपिएस) को गत असोज १० र ११ गते लिइएको पाँचों भाषा परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीको नामावली आज सार्वजनिक गरिएको छ ।इपिएस कोरिया शाखाका अनुसार परीक्षामा सहभागी ५८ हजार ७०० आवेदक मध्ये यस पटक परीक्षामा तीन हजार ६६३ जना  epsपरीक्षार्थी उत्तीर्ण भएको जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएका सम्पूर्ण व्यक्तिले सीप परीक्षण परीक्षामा सहभागी हुने अवसर पाउनुका साथै उत्तीर्ण व्यक्तिको स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फारम भर्ने सूचना आगामी कात्तिक २० गते प्रकाशन गरिने शाखाले जनाएको छ ।

 परीक्षाफलका लागि तलका वेवसाइटमा हेर्नुहोस्
www.epsnepal.gov.np,
www.dofe.gov.np