शुक्रबार, बैशाख ७, २०८१

 आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका लागि छठ पर्वले उत्प्रेरित गर्न सकोस् : प्रम कोइराला

  काठमाडौ कात्तिक १२, प्रधानमन्त्री सुशील कोइरालाले एक बेग्लै किसिमको मौलिक संस्कृति बोकेको छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा नेपाली जनताले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि गरेका आन्दोलनको उपलब्धिका रुपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई संस्थागत गर्न संविधान निर्माणमा हरेक नेपालीले साथ दिनुपर्ने औँल्याउँदै आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकिने बताउँदै मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराएर स्वदेशमा नै विश्वका विकसित देशका नागरिकसरहका सुखसुविधा पाउने अवसर सिर्जना गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

साथै छठ पर्वले समस्त नेपालीको मनमष्तिष्कमा देश र जनताको समुन्नतिका लागि सत्कार्य गर्ने सत्विचार सिर्जना गर्ने प्रेरणा दिन सकोस्, जनताको सुख, शान्ति र समृद्धिका लागि काम गर्न सबै राजनीतिक दलका नेतालाई आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका लागि थप उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930