शनिबार, बैशाख ८, २०८१

आज वडादसैंको दशौ दिन अर्थात विजयादशमी, दुर्गा भवानीको टीकाप्रसाद ग्रहण गरिदै

काठमाडौं असोज १७, वर्ष २०७१ को वडादसैंमा तिथि घटेर नवमी र दशमी आज एकैदिन परेको छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी र दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका थापी मनाइँदैछ । आज नवमी तिथिमा टेकेर त्यसअन्तर्गतका पूजा–आराधना गरिन्छdashain-tika-thali durgaभने त्यस उप्रान्त दशमी तिथि सुरु भएपछि नवरात्रीको अन्तिम दिन अर्थात् शुभ विजयादशमीको टीका लगाइने भएको छ ।

यस वर्ष  सूर्योदयकालमा महानवमी र त्यसपछिको समयमा विजयादशमी परेकाले महानवमी र विजयादशमी पर्व एकैदिन परेको हो ।

आजको दिन घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको  नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ भने आजका दिन आफ्ना मान्यजनबाट टीका थापेर र आफन्तजन सङग हार्दिकता सातासात गर्नुे परम्परा रहिआएको छ। यो क्रम आजदेखि पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।